जनजुक्त माविमा वृक्षारोपण
जु.रे.स. को आयोजना तथा डिभिजन बन कार्यालय तनहुँ को सहकार्यमा व्यास ५ मा रहेको जनजुक्त शाही मा बि मा वृक्षारोपण गरिएको छ । रास्ट्रीय बृक्षारोपण दिवस २०८२काे अवसरमा बिद्यालयमा फलफुल, औषधि तथा सौन्दर्य प्रजातिका ४० बिरुवा रोपिएकाे बिद्यालयले जनाएको छ ।

डिभिजन बन कार्यालय तनहुँका प्रमुख सरद कुमार अधिकारी को प्रमुख आतिथ्यता तथा बि. ब्य. स. अध्यक्ष अच्युत राज काफ्ले को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जु रे स र बाल क्लब का पदाधिकारी विद्यार्थीहरुको संलग्नता रहेको थियो।

























