म्याग्देमा भएको हिलोमा डाेरी तान्ने प्रतियोगितामा पल्पसा र बिजुली आमा समुहको टिम प्रथम

म्याग्देमा भएको हिलोमा डाेरी तान्ने प्रतियोगितामा पल्पसा र बिजुली आमा समुहको टिम प्रथम

२२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव तनहुँकाे म्याग्देमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । म्याग्दे गाउँपालिकाकाे आयाेजना तथा वडा नं ४ काे समन्वयमा भएको कार्यक्रम म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

राेपाइँ महाेत्सव कार्यक्रममा भएको डाेरी तानी प्रतियोगितामा पुरूष तर्फ पल्पसा क्याफे समूह प्रथम भएको छ भने विष्णु खत्री समूह द्धितीय भएको छ । यस्तै डाेरी तानीकाे महिला तर्फ बिजुली आमा समूह म्याग्दे ४ प्रथम भएको छ भने प्रगति टाेल बिकास संस्था द्धितीय भएको छ । प्रतियोगितामा प्रथम तथा द्धितीय हुने टिमले क्रमश ५ हजार र ३ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि राेपाइ महाेत्सवमा हिलो खेल्ने तथा धान राेप्ने गरेर रमाइलो गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page