तनहुँका चार उत्कृष्ट कृषक अधिकारी , गुरूङ , तामाङ र गैर्हे सम्मानित

तनहुँका चार उत्कृष्ट कृषक अधिकारी , गुरूङ , तामाङ र गैर्हे सम्मानित

कृषि ज्ञानकेन्द्र तनहुँले धान दिवसको अवसरमा किसानलाई सम्मान गरेको छ । २२ औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा व्यावसायिक कृषि पेसामा सङ्लग्न भएर जिल्लामै सफल किसानको पहिचान बनाएका किसानलाई नगद दस,दस हजार रुपियाँसहित सम्मान गरेको हो।  

आइतबार व्यास नगरपालिका–९ मा आयोजना गरिएको धान दिवस तथा रोपाइँ महोत्सवमा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने लगायतले किसानलाई नगदसहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्ने म्याग्दे गाउँपालिका–२, उमाचोक निवासी उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारी, म्याग्दे गाउँपालिका–२ का व्यवसायिक तरकारी खेती गर्नुहुने म्याग्दे गाउँपालिका–६ का डेकबहादुर गुरुङ, व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्नुहुने भानु नगरपालिका–२, थक्रेका अनुग्रह कृषि तथा पशु फर्मका सञ्चालक  छेर्नबु तामाङ, भिमाद नगरपालिका–५ का गैह्रे पशु तथा कृषि फर्मका सञ्चालक कृष्णप्रसाद गैह्रेलाई सम्मान गरिएको हो। 

कृषि ज्ञानकेन्द्र र व्यास नगरपालिकाको सयुक्त आयोजनामा गजौडे फाँटमा रोपाइँ महोत्सव गरिएको थियो । पञ्चे बाजासहित किसानको सहभागीतामा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले नाचगान, धान रोपाइँ लगायतका कार्यक्रम गरेर महोत्सव मनाएका हुन्। पञ्चेबाजा सहित असारे भाका गीत गाउने, नाच्ने र रोपाइँ गर्ने गीत तथा सस्कृतिको संरक्षण गर्ने तथा खाद्यान्नमा आत्मनिर्भर बनाउन उत्प्रेरणा दिने उद्देश्यले रोपाइँ महोत्सवको आयोजना गरिएको व्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाले बताउनुभयो। उक्त अवसरमा हिलोमा डाेरी तानी , छिटो धान राेप्ने लगायतका कार्यक्रम हरू पनि गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page