अरूण मावि बन्दिपुरमा एक लाखकाे अक्षयकोष स्थापना
बन्दिपुर गाउँपालिका वडा नं ६ मा रहेको अरुण माध्यमिक बिद्यालयमा एक लाखकाे अक्षयकोष स्थापना गरिएको छ । स्व: हजुरबुबा मोतिलाल थापा र स्व: हजुरआमा मन्धरा थापाको स्मृतिमा नाति सिद्धान्त थापाले एकलाख रुपैयाकाे अक्षयकोष स्थापना गरेका हुन् । मलाई जीवन जिउने एउटा सुन्दर ज्ञान् ,कला र कर्म यही बिद्यालयले सिकाएको भन्दै यही ज्ञान् ,कला र कर्मबाट आर्जन गरेको कमाइले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग स्वरुप अक्षयकोष स्थापना गरेको सिद्धान्तले बताए ।

उक्त रकम बिधालयका प्रधानाध्यापक बिशाल गौतम, वडा अध्यक्ष बल ब गुरुङ तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज थापा समक्ष हस्तान्तरण गरेकाे थापाले जानकारी दिए । नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका सिद्धान्त गर्जा मगर शिक्षण पेसा सँगै विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।




























