तनहुँ जलविद्युत द्वारा म्याग्दे र ऋषिङ जोड्ने सेती नदी माथिको झोलुङ्गे पुलको मर्मत

तनहुँ जलविद्युत द्वारा म्याग्दे र ऋषिङ जोड्ने सेती नदी माथिको झोलुङ्गे पुलको मर्मत

तनहुँ जलविद्युत परियोजनाको सामुदायिक विकास कार्यक्रम अन्तर्गत, म्याग्दे गाउँपालिका-१ र ऋषिङ गाउँपालिका-१ लाई जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य गरिएको छ । काठका फल्याकहरू कुहिसकेका र केही बिग्रिएर खसेर जिर्ण भइ पुल प्रयोग गर्न जोखिमपूर्ण बनेको अवस्थामा आयाेजनाले उक्त पुल मर्मत गरेको हाे ।

स्थानीय प्रयोगकर्ताहरूसँगको साझेदारीमा, सडेका फल्याकहरू प्रतिस्थापन गरिए पछि पुल वारपार गर्न सुरक्षित भएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page