तास खेलेका व्यासका मेखबहादुर सहित १० जना काठमाडौंमा पक्राउ

तास खेलेका व्यासका मेखबहादुर सहित १० जना काठमाडौंमा पक्राउ


जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ गुम्बा चोक नजिक जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न उनिहरूलाइ पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा धादिङ, धुनिबेशी नगरपालिका १ घर भइ काठमाडौँ, तारकेश्वर नगरपालिका ११ नेपालटर बस्ने वर्ष ४७ को सुजन गुरुङ , प्युठान नगरपालिका ७ घर भइ काठमाडौं १६ बस्ने वर्ष ४३ को बिर बहादुर गौतम , धादिङ, गंगाजमुना गाँउपालिका ४ घर भइ ऐ. बस्ने वर्ष ४० को धुर्ब अधिकारी , रौतहट, बौधीमाई नगरपालिका ७ घर भइ ऐ. बस्ने वर्ष ३८ को सिकन्दर जैसवाल , धादिङ, गंगाजमुना गाँउपालिका ३ घर भइ जिल्ला काठमाडौँ, तारकेश्वर नगरपालिका ९ बस्ने वर्ष ४८ को हुम बहादुर घले , ऐ. ४ घर भइ ऐ. ५ बस्ने वर्ष ५३ को टेक बहादुर घले , ऐ. घर भई ऐ. बस्ने वर्ष ४८ को मान बहादुर भण्डारी , तनहुँ, ब्यास नगरपालिका १२ घर भइ काठमाडौं, टोखा नगरपालिका ९ बस्ने वर्ष ४० को मेख बहादुर बराल , ताप्लेजुङ, सिकैजा गाउँपालिका ३ घर भइ काठमाडौं, टोखा नगरपालिका ११ बस्ने वर्ष २८ को गंगाराम लिम्बु र काठमाडौं १६ घर भएको वर्ष ५८ का अमृत पुलामी रहेको काठमाडौ प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूबाट पचास हजार दुई सय नब्बे र तास बुक थान ४ सहित नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page