आँबुखैरेनी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

आँबुखैरेनी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

आँबुखैरेनी गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष ०८१/०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो।

गाउँपालिकाको आयोजना तथा उद्घोष सञ्चार उद्योगको समन्वयमा वडा नं. ३ स्थित गाउँपालिका प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत (सातौं) शर्मिला अधिकारीले पालिकाबाट सम्पन्न गतिविधिहरू र विकास निर्माण कार्यको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा १५० भन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको थियो। सहभागीहरूले विभिन्न जिज्ञासा, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए। स्थानीयवासीका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष शुक्र चुमान लगायतले दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष तथा उद्घोष दैनिकका सम्पादक उज्वल पौडेलले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page