दमौलीमा गुञ्जिए रोदन

दमौलीमा गुञ्जिए रोदन


देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर चर्चामा आउनु भएका युवा गजलकार प्रदीप रोदन शनिबार दमौलीमा गुञ्जिएका छन् । राेदनले गण्डकी वाङ्ममय प्रतिष्ठान तनहुँको आयोजनामा २१२ औं भानुजयन्तीको अवसरमा आफ्ना लोकप्रिय गीतहरु वाचन गर्नु भएको थियो। उहाँले वाचन गर्नु भएका अधिकांश गजलमा दर्शकाले वान्स मोर भन्दै पुनः भन्न आग्रह गरेका थिए । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नु भएको थियो भने कार्यक्रम प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख तथा व्यास प्रज्ञा प्रतिष्ठानको सहकुलपति इन्दिरा दरै, व्यासका अध्यता काशीनाथ न्यौपाने, नेपालीका काँग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे बिश्वकर्मा, एमालेका विष्णुभक्त सिग्देल, रास्वपा तनहुँका सचिव पदमराज न्यौपाने, प्रतिष्ठानका निर्बतमान अध्यक्ष सागर उदास, सल्लाहकारहरु समुन्द्र गोदार, डा.रघुनाथ न्यौपाने, डा.लक्ष्मीकान्त चापागाई, श्रीराम कार्की अचुक, उपाध्यक्ष अन्जु दाहाल, महासचिव अमरराज नहर्की, कोषाध्यक्ष रमा वाग्ले लगायते शुभकामना तथा रचना वाचन गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page