भानुभक्तको ससुराली गाउँ गुणादीमा म्याग्दे साहित्य समाजको रचनाबाचन

भानुभक्तको ससुराली गाउँ गुणादीमा म्याग्दे साहित्य समाजको रचनाबाचन

आदिकवि भानुभक्त आचार्यको २ सय १२औं जन्मजयन्तीको अवसरमा म्याग्दे साहित्य समाजकाे आयाेजनामा भानुभक्तको ससुराली गाउँ गुणादीमा विभिन्न साहित्यिक तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । चन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान गुणादीको समन्वयमा महेन्द्र माविकाे हलमा भएको उक्त कार्यक्रममा सहभागीहरूले रचनाबाचन प्रस्तुत गरेका थिए ।

म्याग्दे साहित्य समाजका अध्यक्ष नारायण प्रसाद खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , वडा नं १ का अध्यक्ष एवम् गापा प्रवक्ता मणिभद्र वाग्ले , वडा नं ३ का अध्यक्ष टुकराज अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सहभागीहरूले भानुभक्त सँगै उनको जिवनसंगिनी चन्द्रकला खनाल आचार्यकाे याेगदान र महत्त्वकाे बारेमा बाेलेका थिए । भानुभक्तलाई त्यो सफलता र उचाइमा पुर्याउन चन्द्रकला खनालले गरेको साथ , सहयोग , हाैसला र प्रेरणालाई भुल्न नहुने सहभागीहरूकाे भनाइ थियो । उक्त अवसरमा जलेश्वर भजन सङ्घकृतन समूहले विभिन्न भजनहरू आकर्षक रुपमा प्रस्तुत गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page