ऋषिङ वडा नं ४ को वडा कार्यालय भवन उद्घाटन

ऋषिङ वडा नं ४ को वडा कार्यालय भवन उद्घाटन

तनहुँकाे ऋषिङ गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।
वडा कार्यालय भवनको आइतबार एक समारोहका बीच प्रमुख अतिथी सांसद शंकर भण्डारीले उद्घाटन गरेका थिए । भवन उद्घाटन समारोहमा बोल्दै सांसद भण्डारीले वडा कार्यालय भवन निर्माणसँगै सेवा प्रवाहमा सहज हुने बताए । वडाबासीहरुलाई भवन सँगै अन्य सुविधा प्रदान गर्ने विषयमा स्थानीय तह देखि केन्द्र सरकार प्रतिवद्ध रहेको सांसद भण्डारीकाे भनाइ थियो ।

ऋषिङ कला संस्कृतिको हिसाबमा निकै धनी भएपनि विकास निर्माणका हिसाबले पछाडि रहेको हुँदा ऋषिङको विकासका लागि आफूले विशेष ध्यान दिईरहेको भण्डारीले बताए । कार्यक्रममा प्रदेश सांसद जीतप्रकाश आले ,ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ,काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली ,रेडक्रस तनहुँका सभापति प्रा.डा कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page