आँबुखैरेनीमा लागुऔषध सहित सुन्दरबजारका प्रेमबहादुर पक्राउ

आँबुखैरेनीमा लागुऔषध सहित सुन्दरबजारका प्रेमबहादुर पक्राउ

आँबुखैरेनी, ७
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गमा प्रहरीले चेकजाँचको क्रममा एक व्यक्तिलाई ठूलो परिमाणको नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति लमजुङको सुन्दरबजार नगरपालिका–८ का ६३ वर्षीय प्रेम बहादुर परियार रहेका छन्। उनलाई प्रहरीले शंका लागि जाँच गर्दा साथमा रहेको कालो झोलाभित्र Diazepam, Phenergan र Buprenorphine गरी जम्मा ५५५ एम्पुल नियन्त्रित औषधि फेला परेको हो।


इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीका अनुसार परियारले ती औषधिहरू झोलाभित्र लुकाएर बोकेका थिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले पछिल्लो समय राजमार्गमा लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको निगरानी कडा पारेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page