बन्दीपुर केबलकार द्वारा आइपिओ निष्कासन

बन्दीपुर केबलकार द्वारा आइपिओ निष्कासन

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मंगलबारदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपीओ खुला गरेको हो। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन अनुसार कुल मूल्य ५८ करोड ६० लाख रुपैयाँ बराबरको रहेको छ।

कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि पाँच लाख ६६ हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पाँच लाख २९ हजार चार सय कित्ता सेयर निष्कासन गरेको हो। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि गरिएको सार्वजनिक निष्कासन साउन २० गतेसम्म खुला रहनेछ।यदि सो अवधिमा पुरै सेयर बिक्री नभए भदौ ४ गतेसम्म खुला हुनेछ। जिल्लाको बन्दीपुर गाउँपालिका, आबुँ खैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा १ र गोरखा जिल्लाको पालुङटारनगरपालिका वडा ७ का बासिन्दाले आवेदन दिन पाउँनेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा छुट्याइएको सेयर पूरै बिक्री नभए भदौ २० गतेसम्म खुला रहनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page