बालबालिकाले प्रयाेग गर्ने चकलेट , जेली लक्षित खाद्यपदार्थको दमाैलीमा अनुगमन

बालबालिकाले प्रयाेग गर्ने चकलेट , जेली लक्षित खाद्यपदार्थको दमाैलीमा अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमाैलीले बालबालिकाले प्रयोग गर्ने चकलेट, जेली जस्ता खाद्य पदार्थ लक्षित अनुगमन गरेको छ। दमाैली बजारमा भएको अनुगमनका क्रममा स्वदेशसँगै चिनियाँ तथा भारतबाट उत्पादित खाद्य पदार्थहरु बजारमा भेटिएको कार्यालयले जनाएको छ ।

प्रविधि र आधुनिकताको विकाससँगै बजारमा थरीथरीका उत्पादन देखिनु नौलो नभए पनि तिनीहरु स्वच्छ भने हुनुपर्ने कार्यालय प्रमुख ज्याेती आचार्यले बताए । स्वच्छताको पहिलो मापन तिनको लेबल विवरणमा भएको स्रोतको विवरण (trusted supplier), समीश्रण (ingredients) आदि भएको आचार्यले बताए । अनुगमनका क्रममा आयात भएका धेरै खाद्य पदार्थमा नेपाली आयातकर्ताको नाम, Exim code नरहेको पाइएको छ । कतिपय उत्पादनमा बिल बिलजकमा राख्नुपर्ने तर लेबलमा जरूरी नभएको PAN नम्बर रहेको तर खाद्य अनुमति पत्र (DFTQC Liscence नम्बर ) नरहेको पाइएकाे र त्यस्ता खाद्य पदार्थ नेपाल सरकारको आधिकारिक निकायमा जाँच विश्लेषण नगराइ विक्री भएको हुनसक्ने भएकोले सम्बन्धित डिलर डिस्ट्रिव्यूटरलाई सोबारे सचेत गराउन निर्देशन दिइएकाे प्रमुख आचार्यले जानकारी दिए ।

नयाँ आएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा २० (क) ले स्पष्टरूपमा उत्पादकले आफ्नो उत्पादन दूषित वा न्यूनस्तरको नरहेको सुनिश्चित गर्ने पनि व्यवस्था गरेकोले सोको कडाइका साथ नियमन गरिने छ। विक्रेता वर्गले पनि सो कुरा थाहा पाइन भन्न अब छुट दिएको छैन, यस तर्फ सचेत रहौं , उनलेे भने ।
आफूले विक्री गर्ने खाद्य पदार्थ नेपाल सरकारको गुणस्तर मापदण्ड भित्र रहेको यकिन गरौँ, सोध्ने बानी गरौं ।
उनलेे खाद्य स्वच्छतामा हामी सबैको प्रतिवद्धता भन्ने कुरालाई आत्मसाथ गरौँ। कारवाही र जरीवानाबाट बचौँ भन्ने समेत आग्रह गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page