बेसीशहरकाे खरखरे पहिरोबाट अटो खस्दा ६ जना घाइते

बेसीशहरकाे खरखरे पहिरोबाट अटो खस्दा ६ जना घाइते

लमजुङको बेसीशहर -६, खरखरे पहिरोबाट एक अटो मर्स्याङ्दी नदिमा खस्दा ६ जना घाइते भएका छन्।
बेंसीशहरबाट खुदीतर्फ जाँदै गरेको ग.प्र.०४-००१ ह ०२८५ नम्बरको अटो खरखरे पहिरोबाट अनियन्त्रित भई सिधै मर्स्याङ्दी नदीमा खसेको थियो। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल, लमजुङ पठाइएको छ।

दुर्घटनाग्रस्त अटो मर्स्याङ्दी नदीमा पूर्ण रूपमा डुबेको छ। प्रहरीले अटोको खोजी कार्य जारी राखेको छ भने सवारीधनीलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूको नाम/अवस्था :
1) अटो चालक: मर्स्याङ्दी-४ ताघ्रिङ बस्ने ३० वर्षीय टोप बहादुर लामा। दाहिने खुट्टामा चोट, अवस्था सामान्य।
2) गोरखा आरुघाट-१ मानगाँउ घर भई बेसिशहर-६ चनौटे बस्ने ३५ वर्षीय ञ्जलि गुरुङ। भित्री चोट, अवस्था मध्यम।
3) ४८ वर्षीय धन कुमारी गुरुङ। भित्री चोट, अवस्था मध्यम।
4) ४० वर्षीय शिला देवी गुरुङको भित्री चोट, अवस्था सामान्य।
5) ४५ वर्षीय स्यानु माया गुरुङ। दाहिने खुट्टा, शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस।
6) नुवाकोट-२ घर भएकी ४५ वर्षीय सुस्मिता तामाङ। शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page