मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आउँदै न्याैपाने , १ दर्जन कार्यक्रममा भाग लिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला तनहुँ आउने भएकी छन् । मन्त्री न्याैपाने साउन ९ गते शुक्रबार गृहजिल्ला आउन लागेकी हुन् । उनलेे भाेली शुक्रवार १२ बजे आबुखैरेनी गाउँपालिका कार्यालयमा तथा कार्यकर्ता भेटघाट, दिउँसो २ बजे देवघाट गाउँपालिका कार्यालयमा तथा कार्यकर्तासँग भेटघाट, ४ बजे बन्दीपुर गाउँपालिका कार्यालयमा तथा साँझ कार्यकर्ता भेटघाट तथा साँझ बन्दिपुरमा बास बस्ने कार्यक्रम तय भएको छ । यस्तै १० गते शनिबार
बिहान भानु नगरपालिकाका कार्यकर्तासँग भेटघाट, दिउँसो नेकपा एमाले जिल्ला कमिटीको कार्यालयमा कार्यकर्ता भेटघाट रहेको उनको सचिवालयले जनाएको छ ।

यस्तै ११ गते आईतवार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई निर्देशन दिने , १ बजे नेपाल निजामती कर्मचारी संगठनको स्वागत तथा सम्मान कार्यक्रम एवं सहिद मनोज-झपेन्द्र स्मृति सप्ताहको कार्यक्रम उद्घाटन गर्ने र दिउँसो ३ बजे भानु नगरपालिकाको कार्यालयमा कार्यक्रम सकी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


























