निजामती कर्मचारी संगठन तनहुँले मन्त्री न्याैपानेलाइ स्वागत गर्ने

तनहुँ, साउन ८— नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई स्वागत तथा शुभकामना कार्यक्रमको आयोजना गरेकाे छ ।
संगठनले आइतबार दमौलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गर्ने जनाएको छ। संगठनका सचिव विष्णु केसीका अनुसार कार्यक्रममा प्रमुख आतित्यता मन्त्री न्यौपानेको रहनेछ। यस्तै उक्त अवसरमा १ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना समेत गरिने केसीले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत बन्दीपुर गाउँपालिका–२ स्थित शान्ति आधारभूत विद्यालयमा अक्षय कोष स्थापनाको घोषणा गरिने कार्यक्रम तय भएको छ। त्यस्तै, मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमलाई समेत मन्त्री न्यौपानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।


























