आँबुखैरेनी कांग्रेसका अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
आँबुखैरेनी, साउन १५ – नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा स्थानीय तहका पूर्व उम्मेदवार शुक बहादुर भुजेल, प्रकाश गुरुङ र मेघबहादुर गुरुङ नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
आँबुखैरेनी ५ का यी तीन अगुवा कार्यकर्ताले माओवादी केन्द्रको नीति, सिद्धान्त र जनमुखी कार्यशैलीप्रति विश्वास जनाउँदै पार्टी प्रवेश गरेका जनाइएको छ ।

पार्टी प्रवेश कार्यक्रम माओवादी केन्द्रका नेता खगराज गौलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान प्रमुख अतिथि थिए। कार्यक्रममा जिल्ला समन्वय सचिव शुक्र चुमान लगायतको सहभागीता रहेको थियो ।

























