तनहुँमा बुवाकाे मृत्युुमा छोरीले दिए दागबत्ती
बन्दिपुर , साउन १५ तनहुँ
तनहुँकाे बन्दिपुर ५ याम्पाढाब निवासी भिमबहादुर क्षेत्रीकाे मृत्युुमा उनका दुई छाेरीले दागबत्ती दिएका छन् । समाजमा छाेराले मात्रै बुवाआमाकाे काजकिरिया गर्छन् भन्ने भ्रम चिर्दै बुवाकाे मृत्युुपछि छाेरीहरु २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले घरदेखि घाटसम्म काँधमा बाेकेर पुर्याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् ।

भिमबहादुर २९ वर्षकै उमेरमा ब्लड क्यान्सर राेगले ग्रसित भएका थिए । त्यतिबेला घरमा ७ वर्ष र ३ वर्षकी दुई छाेरीकाे लालनपालन र शिक्षादिक्षा कसरी गराउने भन्ने उनमा चिन्ता थियाे ।
उनकाे परिवार पृथ्वी राजमार्गको ढाबमा एक सामान्य हाेटल ब्यवसाय गरि बसेकाे थियाे । छाेरीहरुकाे लालनपालन , शिक्षादिक्षा र औषधि उपचार गर्नु पर्ने बाध्यता उनी माथि आईपरेपछि हाेटल सँगसँगै बाख्रा पालन ब्यवशायमा हात हाले, याे अवस्थामा श्रीमती ममताकाे साथले हाेष्टेमा हैंसे गर्न थप मद्दत मिल्याे । छाेरीहरु साना, राेगकाे लागिऔषधि भारतबाट मगाउनु पर्ने त्यहिँमाथि महँगाे । छाेरीहरु जेठी निशा र कान्छी अनिशा पढाईमा निकै जेहेन्दार र उत्कृष्ट थिए , समाजका आँखाका नानी थिए । त्यसैकाे फलस्वरूप उनीहरु हाल उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन् ।

ब्लड क्यान्सर जस्ताे राेगसँग १८ वर्ष सम्म जुध्दै बुधबार राती ४७ वर्षकाे उमेरमा उनी सधैंका लागि अस्ताए । मृत्यू अघि विरामीले गालेपछि अस्पतालमा भर्ना भएका बुवाकाे उपचार गर्न उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका दुई बहिनी छाेरीहरु आए तर उनकाे अवस्था निकै नाजुक भैसकेकाले उपचार सम्भव भएन । स्थानीयका अनुसार “भिमबहादुरकाे जीवन भाेगाईले केही पाठ सिकाउँछ , एक जस्तोसुकै राेगलागे पनि राेगलाई जित्न आत्मबल चाहिन्छ , अर्काे जुनसुकै परिस्थितिमा पनि धैर्यता , हिम्मत र परिश्रम गर्नुपर्छ” भन्ने हाे ।
























