रक्सी , चुरोट , बियर र मासु चाेर्ने काउलेका ताेरण पक्राउ

रक्सी , चुरोट , बियर र मासु चाेर्ने काउलेका ताेरण पक्राउ

साउन १५ , स्याङ्जाकाे पुतलीबजार नगरपालिका वडा नम्बर -०६ टक्सार काउले स्थित नर बहादुर गुरुङको किराना पसलबाट विभिन्न सामान चाेरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर -०६ काउले बस्ने २२ वर्षीय तोरण परियार रहेको स्याङ्जा प्रहरीले जनाएको छ । उनलेे रियल गोल्ड वियर १७ वोत्तल, सोफि रक्सी १ कार्टुन, विभिन्न कम्पनीको चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट र ५ के.जी. कुखुराको मासु चोरी गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले बताए ।

उक्त मात्रामा सामान चाेरी भएको भन्ने प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय स्याङ्‌जाबाट खटिएको प्रहरी टोलीले सो चोरीका केही सामानहरू सहित तोरण परियारलाई पक्राउ गरी चोरी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page