दमौलीमा विक्रीका लागि ल्याइएको १३ ग्यालिन चुक अमिलो अखाद्य भएपछि बरामद

दमौलीमा विक्रीका लागि ल्याइएको १३ ग्यालिन चुक अमिलो अखाद्य भएपछि बरामद

दमाैलीमा बिक्रीका लागि ल्याइएको चुक अमिलो अखाद्य भएको भेटिएको छ । गैंडाकोटबाट बिक्रीका लागि ल्याइएको उक्त अमिलो संका लागि खाद्य डिभिजन तथा गुण नियन्त्रण कार्यालयले चेकजाँच गर्दा अखाद्य भएको पाइएको हाे । चितवन घर बताउने संगीता परियारले दमाैलीमा उक्त अमिलो बिक्रीका लागि डुलाउँदै गर्दा उद्योग बाणिज्य संघको टाेलीलाइ शंका लागि खाद्य तथा अन्य सराेकारवाला निकायलाई खबर गरेको थियो ।

खाद्य डिभिजन तनहुँका प्रमुख ज्याेती आचार्यका अनुसार जनप्रतिनिधि र व्यास नगरपालिका तथा उद्योग बाणिज्य संघ लगायतको राेहबरमा उक्त चुक चेकजाँच गर्दा अखाद्य भेटिएपछि नस्ट गर्ने तयारी भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page