ऋषिमुनिहरूले तपस्या गरेको ने मुनि पार्कमा भानु नगर कार्यपालिकाकाे बैठक

ऋषिमुनिहरूले तपस्या गरेको ने मुनि पार्कमा भानु नगर कार्यपालिकाकाे बैठक

साउन २० ,
भानु नगरपालिकाको आ.व.०८२/०८३ को पहिलो कार्यपालिकाको बैठकको प्रारम्भ ने मुनि पार्कमा सम्पन्न भएको छ । स्थानीय ज्ञाताहरू संग अवलोकन तथा छलफलका साथ कार्यपालिकाकाे बैठक सम्पन्न भएको हाे । हिमवत खण्डमा लेखिए अनुसार प्राचीनकालमा धेरै मुलुकहरू ऋषिमुनिहरूद्वारा तपस्या गरि उनिहरुकै नामबाट ने मुनि पार्क भएको कुरा ऐतिहासिक शिलापत्रमा उल्लेख गरिएको छ।

यसै विषयमा अध्ययन गर्ने क्रममा इतिहासकार ज्ञानमणि नेपाल नेपाल हिन्दू धर्म ग्रन्थ हिमवत खण्ड र श्रीमद् भागवतमा ने मुनिको नाम उल्लेख छ। जसको नामबाट तत्कालीन नेपाल राज्यको सुरुवात भएको थियो। ने मुनि कहाँ जन्मे कहाँ तपस्या गरे भन्ने विषयमा प्राप्त विभिन्न प्रमाणहरू अनुसार ने मुनि जन्मिएको र तपस्या गरेको ठाउँ दमौलीबाट उत्तरपूर्व मर्स्याङ्दी नदीको समीपमा राजा पारको राज्य थियो । जसलाई पाराकोट भनिन्थ्यो। जसको अप्रभंश भई बनेको तनहुँ जिल्लाको पुर्कोट क्षेत्र हो भनेर इतिहासकार नेपाल बताउँछन्।


त्यसैगरी लमजुङको जिता सप्तधारामा जन्मिनुभएका अनुसन्धानकर्ता शिवराजशर्मा पौडेलले गर्नुभएका विभिन्न अनुसन्धानले पनि ने मुनी तनहुँको पुर्कोटमै जन्मिएर चेपे मर्स्याङ्दी दोभानमा गई तपस्या गरेको कुरालाई प्रष्ट पार्नुभएको छ।
वास्तवमा ने मुनि राष्ट्रिय विभूतिका ऋषि मान्यता तथा उनको जन्मस्थलको संरक्षण तथा प्रवर्धन गर्नु नगरपालिकाको कर्तव्य एवं दायित्व हो भन्ने मननका साथ उक्त ठाउँमा बैठक बसेकाे नगरपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page