भानुकी १७ वर्षीया रमाकुमारी कुमाल मृत फेला

भानुकी १७ वर्षीया रमाकुमारी कुमाल मृत फेला

भानु, २० श्रावण – तनहुँको भानु नगरपालिका वडा नं ९, काउरेटार बस्ने १७ वर्षीया रमाकुमारी कुमालको मृत शरीर फेला परेको छ। उनी गत आइतबार राति करिब ९ बजे शौचालय जान्छु भनी घरबाट निस्केकी थिइन्। तर, त्यसपछि घर फर्किन नसकेपछि परिवारले खोजी सुरु गरेको थियो ।

शव भेटिएको क्षेत्रमा स्थानीय बजारको CCTV फुटेजमा रमाकुमारी देखिएकाले उनका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीमा जानकारी दिएका थिए। प्रहरीले घटनास्थलको खोजी गर्दा पालुङटार नगरपालिका–५, हवाइ ग्राउण्ड घुमौरा नजिकै मर्स्याङ्दी नदीतर्फ मृत शव फेला परेको जनाएको छ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीय प्रशासन र प्रहरीको सहयोगमा घटनाको पृष्ठभूमि बारे थप जानकारी संकलन भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page