बिद्यार्थीलाई पाइपले कुट्ने गाेरखकाली बाेडिङका शिक्षक अर्विन प्रहरी नियन्त्रणमा

बिद्यार्थीलाई पाइपले कुट्ने गाेरखकाली बाेडिङका शिक्षक अर्विन प्रहरी नियन्त्रणमा

बिद्यार्थीलाई पाइपले कुट्ने गाेरखकाली आवासीय मावि दमाैलीका शिक्षक अर्विन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास ३ शान्तिनगरमा रहेको गाेरखकालीका बिज्ञान शिक्षक अर्विनले कक्षा काेठामा बिद्यार्थीले मकै खाएकाे र साेधेकाे प्रश्नको उत्तर दिन नसकेको भन्दै पाइप तथा हातले कुटेकाे विषय बाहिर आएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

शिक्षकको कुटाइबाट ३ जना बिद्यार्थीकाे शरीरका विभिन्न भागमा राताे डाम बन्नुको साथै सुनिएको थियो भने केहीलाई हातले चड्काएका थिए । संकल्प कंडेल , रिदम खड्का , जुन गुरूङ लगायतका कुटाइ खाएका बिद्यार्थीहरूले आफुहरूलाइ सरले पाइपले कुटेको बताएका थिए । बिद्यार्थीहरूले रूँदै हामी लगायत अन्य धेरै साथीहरूलाई पनि सरले कुटेको बताएका थिए ।

यश सम्बन्धमा कुट्ने शिक्षक अर्विन नेपाली सँग प्रतिक्रिया माग्दा आफुले कुटेको स्विकारिसकेका छन् । कक्षा काेठामा मकै खाने , साेधेकाे नजान्ने लगायतमा आफुले कुटेको तर कुट्नु गल्ती भएको उनलेे स्विकारेका छन् । यही बिषयमा बिद्यालयबाट समेत बिद्यार्थीलाई कुट्नु सरासर गलत भएको प्रतिक्रिया आइसकेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page