पराशर कलेज द्वारा कक्षा-१२ उतिर्ण विद्यार्थीहरुलाई बधाई एवं सम्मान
२५ साउन, तनहुँ ।
व्यास नगरपालिका-४ स्थित पराशर कलेजले कक्षा- १२ मा उतिर्ण भएका विद्यार्थीहरुलाई बधाई एबम सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी कलेजले कक्षा १२ मा उतिर्ण भएका विद्यार्थीहरुलाई बधाई दिंदै सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा कलेज प्रमुख अमृत भण्डारीले विद्यार्थीको उज्ज्वल भबिस्यको कामना गर्दै अझै मिहेनतका साथ पढाईलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । विद्यार्थीको शैक्षिक स्तर राम्रो हुनुमा दक्ष र अनुभवी शिक्षक हुनुका साथै गुणस्तरीय शिक्षा भएकाले पनि शैक्षिक क्षेत्रमा सफलता मिलेको हो, उनले भने ।

विद्यार्थी जीवन संघर्ष, लगनशीलता र निरन्तर प्रयासको यात्रा भएकाले मिहिनेत गर्नुपर्ने हुन्छ । यो यात्रामा प्रत्येक सफल पाइला एउटा ठूलो उपलब्धि मानिन्छ, जुन केवल परीक्षामा प्रथम हुनु मात्र नभइ आफ्नो क्षमताको विकास, कठिनाइलाई पार गर्नु, अथवा अनुशासन र इमानदारी देखाउनु जस्ता पक्षहरूमा पनि व्यक्त हुन्छ। त्यसैले भबिस्यको सपना अहिलेनै देख्नुपर्छ त्यो भनेको विद्यार्थीको लगाव र लगनशीलता हो, उनले भने ।

गुणस्तरीय शिक्षा र विद्यार्थीको मिहेनतका कारण पनि धेरै विद्यार्थीले सफलता हात पारेको अध्यक्ष सुर्यचन्द्र हड्खलेले बताए ।
बधाइ भन्ने कुरा केवल औपचारिक शब्द होइन, यो विद्यार्थीको आत्मबल बढाउने प्रेरणाको स्रोत हो। “तिमीले राम्रो गर्यौ”, “तिमीप्रति गर्व लाग्छ” जस्ता शब्दहरूले विद्यार्थीको मनोबल उच्च बनाउँछ, अझ राम्रो गर्न उत्प्रेरित गर्छ। विशेषगरी कम आत्मविश्वास भएका विद्यार्थीका लागि शिक्षकको एक सानो प्रशंसा निर्णायक बन्न सक्छ, उनले भने ।
शैक्षिक क्षेत्रमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस कलेजमा कक्षा-११ र १२ मा बिज्ञान संकाय, ब्यबस्थापन संकाय, शिक्षा संकाय, मानबिकी संकाय तथा स्नातकमा ब्यबस्थापन र शिक्षा संकायको पढाइ हुँदै आइरहेको छ ।
सम्मानित भएपछि विद्यार्थीहरुले कलेजले गरेको सम्मानले हौसला बढाउन सहयोग पुगेको बताए ।
कलेजले सम्मान गरेपछि विद्यार्थीहरु पनि खुशी भएका थिए । यस बर्ष पराशर कलेजमा कक्षा १२ मा ७६.२ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
कार्यक्रममा सहायक कलेज प्रमुख नारायण ढकालले विद्यार्थीलाई स्वागत र अर्का सहायक कलेज प्रमुख मीन बहादुर कार्कीले कार्यक्रम संचालन गरेका थिए ।
























