काङ्ग्रेस सभापति देउवा भाेली भिमाद आउने
साउन २६ दमाैली , नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तनहुँको भिमादमा आउने भएका छन्।सहिद कल्याण खनालको स्मृति दिवसको अवसरमा भिमादमा निर्माण गरिएको खनालको अर्धकद शालिक सहितको स्मारक पार्कको अनावरण गर्न भाेली साउन २७ गते देउवा आउने भएका हुन् । उक्त कार्यक्रम नेपाली काँग्रेस तनहुँको आयोजनामा र सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानको व्यवस्थापनमा हुने बताइएको छ ।

बिहान ११:३० बजे भिमाद नपा ७ स्थित शहिद कल्याण खनालको शालिक अनावरण र त्यसपछि भिमाद नगर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति सभाहुने नेपाली कांग्रेसका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले बताए। देउवाकाे कार्यक्रम भब्य बनाउन काङ्ग्रेसले व्यापक तयारी गरेको समेत श्रेष्ठले जानकारी दिए ।

























