वाग्ले द्वारा आदिकवि भानुभक्तमा १ लाखको अक्षयकोष स्थापना
व्यास ३ दमाैली निवासी समाजसेवी कृष्णराज वाग्लेले १ लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । निर्मल माध्यमिक बिद्यालयका पुर्व प्रअ समेत रहेका वाग्लेले आदिकवि भानुभक्त क्याम्पस भादगाउँमा १ लाख ११ हजार १ सय ११ रूपयाँकाे अक्षय छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

स्वर्गीय हजुरबुबा र हजुरआमाकाे स्मृतिमा स्थापना भएको अक्षयकोष दण्डपाणि – जाम्बवती वाग्ले स्मृति अक्षयकोष नाममा स्थापना भएको छ । उक्त छात्रवृत्ति काेषकाे वार्षिक व्याजबाट क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्यन गर्ने जेहेन्दार र विपन्न वर्गका बिद्यार्थीहरूलाइ अध्यनमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ । अक्षयकोष दाता वाग्लेलाई क्याम्पस परिवारले धन्यवाद दिएको छ ।

























