चुरोट , रक्सी , बियर चाेर्ने कुवर लमजुङ प्रहरीको नियन्त्रणमा
लमजुङकाे राईनास नगरपालिका वडा नं. ८ स्थित रुद्रदेवी खाजा घर तोडफोड गरी नगद तथा सामान चाेरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पसल भित्र रहेका नगद तथा बिभिन्न सामानहरु गरि रु. ३५ हजार ३ सय बराबरको धनमाल चोरी गरेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भोटेओडार तथा प्रहरी चौकी तार्कुघाटबाट खटिएको टोलिले चाेरी गर्ने व्यक्तिलाई पक्राउ गरेको हाे ।

राईनास नगरपालिका वडा नं. ८. देविथान स्थित डेरामा लुकेर बसेका दोर्दी २ बस्ने वर्ष २२ को बिनायक कुवँरलाई चोरी भएको दशि सामान र चोरीमा प्रयोग भएको औजार सहित फेला पारी निजलाई चोरी सम्बन्धी कसूरमा लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुंवरले हाेटलमा बियर रक्सी चुरोट लगायतका सामान चाेरी गरेका बताइएको छ ।

























