पाँचथरको फिदिममा भएको बाेलेराे दुर्घटनामा ५ जनाको मृत्यु
पाँचथरको फिदिम क्षेत्रमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइतेलाई धरान पठाइएको छ भने १ जनालाई फिदिममै उपचारका लागि राखिएको छ।
पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदी किनारमा करिब ४०० मिटर तल खसेको हो । मृतकहरूको पहिचान अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रशासन स्रोतका अनुसार दुर्घटना स्थलमा नेपाली सेना प्रहरी लगायतको उद्धार टोली पुगेको छ र उद्धार कार्य निरन्तर जारी छ।

























