भर्खरै सरूवा भइ तनहुँ आएका डिएसपी बि.क.र पत्रकारबीच भेटघाट

भर्खरै सरूवा भइ तनहुँ आएका डिएसपी बि.क.र पत्रकारबीच भेटघाट


जिल्ला प्रहरी कार्यालय तनहुँमा भर्खरै सरुवा भई आएका डिएसपी श्रवणकुमार बि.क. र तनहुँका पत्रकारबीच शुक्रबार भेटघाट भएको छ । भेटमा सुचना अधिकारी समेत रहेका डिएसपी विकले जतिसक्दो छिटो सुचना प्रबाह गर्ने बताए ।

उक्त भेटमा डिएपसी बि.क.ले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध रहेको र त्यसका लागि सम्पूर्ण जिल्लाबासीको साथ सहयोग अपरिहार्य रहेको बताएका थिए । त्यस्तै डिएसपी वि.क.ले अपराध नियन्त्रण र समुदाय —प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
भेटघाट कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page