तनहुँमा बच्छिम, अरिगांल र सर्पको टोकाइबाट तीनजना घाइते

तनहुँमा बच्छिम, अरिगांल र सर्पको टोकाइबाट तीनजना घाइते

तनहुँ जिल्लाका विभिन्न स्थानमा भएका तीन फरक घटनामा तीनजना घाइते भएका छन्।
व्यास नगरपालिका–५ ठुलोटारका ६५ वर्षीय जितबहादुर कुमाल शुक्रबार बिहान गाई चराउने क्रममा बारीमा रहेका बेला माटोमुनीबाट निस्केका करिब छ–सातवटा बाच्छिमले शरीरका विभिन्न भागमा टोकेर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौलीमा भर्ना गरिएको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

यस्तै अरिगांलको टोकाइ बाट व्यास–६ तल्लो साँझाका ६२ वर्षीय चक्रबहादुर थापा मगर घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि गण्डकी अस्पताल, पोखरा पठाइएको छ ।यस्तै सर्पको टोकाइबाट व्यास–११ सेराका तिलबहादुर घर्तीका १० वर्षीय छोरा मनोज घर्ती घाइते भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page