आँबुखैरेनीमा भएको माेटरसाइकल दुर्घटनामा विजयकाे मृत्युु , विप्लव गम्भीर घाइते
ऑबुखैरेनी गा.पा.३ खत्रीटोल स्थित भित्री सडक खण्डमा भएको माेटरसाइकल दुर्घटनामा एकको मृत्युु र एकजना घाइते भएका छन् । शुक्रबार राति ग.२६ प.२२११ नं को मो.सा.खत्रीटोलबाट हाईवेय पृथ्विराजमार्ग तर्फ जाँदै गर्दा आँफै अनियन्त्रित भई घरको भित्तामा ठक्कर खाई दुघर्टना हुँदा एकको मृत्युु र एकजना घाइते भएका हुन् ।

दुर्घटनामा मो.सा.चालक जिल्ला रुपन्देही बुटवल खैरहनी घर भई हाल जिल्ला तनहुँ ऑबुखैरेनी गा. पा.२ बसपार्क बस्ने बर्ष अ. २८ को बिजय तामाङ टाउकोमा गम्भीर चोट, मिति २०८२।०६।२५ गते .००:४४ बजे डा. द्धारा मृत घोषणा गरेको लाश सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी श्रवण कुमार विकले बताए । यस्तै मो.सा.पछाडी सवार जिल्ला गोरखा शहिदलखन गा.पा.वडा न.९ घर भइ हाल जिल्ला तनहुँ ऑबुखैरेनी गा. पा.३ बस्ने बर्ष अ. २२ को बिप्लप गुरुङ्ग बायाँ आँखा माथी र शरिरमा भित्री चोट अवश्था गम्भीर रहेकोले रातिनै CMC चितवन रिफर गरिएको उनलेे बताए ।

























