देवघाट खानेपानीको अध्यक्षमा थापा
देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारणसभा तथा १५ औं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले गणेशबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा राधादेवि खनाल,सचिवमा श्री कृष्ण पण्डित , कोषाध्यक्षमा डिल्लीराम गिरी चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा प्रदिपशाली घिमिरे , रामहरि , विष्णुप्रसाद पाैडेल , सुर्य राना तथा सुर्य न्याैपाने लगायत गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष शालिग्राम मिश्रको अध्यक्षतामा तथा संचालन तथा सहजीकरण संस्थाका सचिव प्रवीण कार्कीले गरेका थिए ।

























