म्याग्देमा दुधकाे धेरै काराेबार गर्ने कृषकहरू सम्मानित

म्याग्देमा दुधकाे धेरै काराेबार गर्ने कृषकहरू सम्मानित

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले
आव ०८१/०८२ मा संस्थामा उत्कृष्ट काराेवार गर्ने म्याग्दे गाउँपालिका भित्रका कृषकहरूलाई नगद सहित सम्मान गरेको छ । म्याग्देकाे बेलटारमा भएको कार्यक्रममा कृषकहरूलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी र सहकारीका अध्यक्ष नवराज घिमिरे लगायतले नगद सहित प्रशंसापत्रले सम्मान गरेका थिए ।

वर्षभरिमा धेरै दूध उत्पादन गर्ने कृषकहरू मध्ये सन्तोष श्रेष्ठ प्रथम , शेषकान्त घिमिरे द्धितीय , राजु खनाल तृतीय र सान्त्वना विश्व खनाल भएका छन् । पुरस्कृत कृषकहरूलाई क्रमशः ३ हजार , दुई हजार पाँच सय , २ हजार , एक हजार पाँच सय नगद प्राप्त गरेको तृतीय भएका राजु खनालले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page