तनहुँ युनेस्को क्लवले बुधबार दमाैलीमा रक्तदान कार्यक्रम गर्ने
तनहुँ युनेस्को क्लवले बुधबार दमाैलीमा रक्तदान कार्यक्रम गर्ने भएको छ । क्लवका अध्यक्ष सराेज भण्डारीले यही बुधबार बिहान अनशन चाैतारिमा क्लव स्थापनाकाे अवसरमा बृहत् रक्तदान कार्यक्रम आयाेजना गरिएको बताए । क्लवले उक्त कार्यक्रममा सहभागीताकाे लागि सबैमा अनुरोध गरेको छ । एक महिना अगाडि मात्रै संस्था दर्ता ऐन २०३४ काे दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय तनहुँमा संस्था दर्ता भएपछि क्लवले सामाजिक क्षेत्रमा काम अगाडि बढाएको छ ।

दमाैलीमा रगतको अभाव नहेस भनेर वृहत् रक्तदान तथा चियापान कार्यक्रम आयाेजना गरिएको क्लवका सचिव वसन्त जिसी ले बताए । क्लवले व्यास २ मा कार्यालय समेत स्थापना गरिसकेकाे छ । क्लवले सदस्य बन्न चाहनेलाई सदस्यता समेत खुल्ला गरेको जनाएको छ ।


























