रवीन्द्र मिश्र र रवि लामिछाने बिच अङ्कमाल सहितको डेढ घण्टा भेट

रवीन्द्र मिश्र र रवि लामिछाने बिच अङ्कमाल सहितको डेढ घण्टा भेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र रवीन्द्र मिश्र बिच डेढ घण्टा भेटघाट भएको छ । भेटमा रविको उर्जा, आत्मविश्वास र दृढता देखेर असाध्यै खुशी भएकाे मिश्रले बताएका छन् ।

रवि सँगकाे भेटपछि मिश्रले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् – औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा ‘तिमी’ भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवि पनि पर्छन्।

सामान्यतया म २०/२२ वर्षका युवालाई पनि ‘जी’ ले सम्वोधन गर्छु र ‘तपाईँ’ भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो।

रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रवीको दाइ हरिशरण पनि मेरो तिमी-तिमीको साथी।

डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, “हाम्रो यो वाल्यकालदेखिको दाइ-भाइको गफ हो। खुब मजा आयो।” अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ।

राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रविप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन।

धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।

आजको भेटमा रविको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, “म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!”

हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई! (फोटो: ४ वर्ष पहिलेको

)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page