घिरिङकाे अत्राैलीमा गर्भवती महिलाहरूलाई भिडियो एक्सरे सेवा
घिरिङ गाउँपालिकाको आयोजनामा अत्रौली आधारभुत स्वास्थ्य सेवा केन्द्र घिरिङ १ मा गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत १४ जना गर्भवती महिलाहरुको भिडियाे एक्स रे गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए । गड्याउलिटार सामुदायिक स्वास्थ्य इकाइमा गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सम्पन्न गरिएको भाेलिपल्ट अत्राैलिमा उक्त कार्यक्रम गरिएको हाे ।

ग्रामीण भेग भएता पनि स्वास्थ्य सेवा केन्द्रमा पुगेर स्वास्थ्यकर्मीहरुद्धारा ग्रामीण अल्ट्रा साउण्ड गर्ने कार्य भएको र गर्भवती महिलाको गर्भजाँच सहजै भएपछि स्वास्थ्यकर्मीहरु सेवा केन्द्रमा पुगेर अल्ट्रासाउण्ड भिडियो एक्सरे गरिएको प्रमुख रिमालले बताए ।




























