दमाैलीमा भएको व्याडमिन्टन प्रतियोगितामा ६ टिम क्वाटरफाइनलमा , सनिवार फाइनल हुने

दमाैलीमा भएको व्याडमिन्टन प्रतियोगितामा ६ टिम क्वाटरफाइनलमा , सनिवार फाइनल हुने

तनहुँकाे दमाैलीमा शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताकाे व्यास ६ का वडाअध्यक्ष कुमार गुरूङले उद्घाटन गरेका छन् । बार्हबिसे युवा क्लबकाे आयाेजनामा दमाैली स्थित व्यास नगर ब्याडमिन्टन कभर्डहल विपि बनबाटिकामा सुरु खुल्ला जिल्ला स्तरीय पुरूष व्याडमिन्टन प्रतियोगिताकाे अध्यक्ष गुरूङले उद्घाटन जरेका हुन् ।

प्रतियोगिता अन्तर्गत ६ वटा टिम क्वाटरफाइनलमा प्रवेश गरेका आयाेजक नरेन्द्र श्रेष्ठले जानकारी दिए । क्वाटरफाइनलमा प्रवेश गर्ने टिमहरूमा पाेल ए बाट विश्वास र सुरेशकाे टिम , नितेश र धन काे टिम , सराेज र सुरजकाे टिम तथा विपिन र एसपी टेक कार्कीको टिम रहेका आयाेजक युवा रामकृष्ण क्षेत्रीले बताए । यस्तै पाेल बि मा बुद्धि र नरबहादुरकाे टिम तथा सागर र सबिरकाे टिम रहेका छन् । पाेल बि अन्तर्गत दुईवटा प्रि क्वाटरकाे खेल बाँकी रहेको छ । प्रतियोगिताकाे सनिवार तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले समापन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र , द्धितीय पुरस्कार २० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १२ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र रहेको श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा २७ टिमकाे सहभागीता रहेकाे आयाेजक युवा रामकृष्ण क्षेत्रीले बताए ।
यस्तै डि लेभल पुरूष ब्याडमिन्टन प्रतियोगितामा प्रथम , द्धितीय र सान्त्वना पुरस्कार क्रमशः २० हजार , १० हजार र ८ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने छ । डि लेभलमा झण्डै ५५भन्दा बढी टिमकाे सहभागीता रहेको अर्का युवा सुमन श्रेष्ठले बताए । प्रतियोगितामा नरेन्द्र एण्ड सन्स स्पाेर्ट्स सप व्यास २ मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा तनहुँका झण्डै दुई सय खेलाडीको उपस्थिति रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page