भिमादमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जनज्योति मावि लाइ
भिमाद नगरपालिकाद्वारा आयोजित पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा नवौँ भिमाद मेयर कप खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जनज्योति मा.वि. भिमाद–६ ले ९ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

यस्तै प्रतियोगितामा बाल शैक्षणिक मा.वि. भिमाद–३ ले ४ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने मंगलोदय मा.वि. भिमाद–८ ले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दै तृतीय स्थान हासिल गर्न सफल भएकाे छ ।

























