शुक्लागण्डकीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पञ्चमुनिलाइ
शुक्लागण्डकी नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डका प्रतियोगिताको उपाधि दुलेगौंडास्थित पञ्चमुनिदेव माविले जितेको छ । शुक्लागण्डकीमा आइतवार सम्पन्न प्रतियोगितामा १७ स्वर्णसहित पञ्चमुनिले उपाधी हात पारेको हो । साथै उसले ८ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । पञ्चमुनिदेव माविले पाँचौ, छैठौं र सातौं रनिङ शिल्ड प्रतियोगितामा निरन्तर प्रथम हुँदै शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
यसैगरी अरनिको आवासीय माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कास्य हात पार्दै द्धितीय भएकाे छ भने आधारभुत माविले ३ स्वर्ण, १ रजत र १ कास्य जितेकाे छ। यस्तै नेपाल पुलीस स्कुलले २ स्वर्ण, २ रजत र ३ कास्य हात पारेको छ । तालवेशी माविले १ स्वर्ण, ४ रजत र ३ कास्य जित्यो । जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना माविले १÷१ स्वर्ण जितेकाे नगरपालिकाले जनाएको छ । पञ्चमुनिले २०७६ सालमा सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियो ।

२०७६ सालमै सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डमा हंशवाहिनीले शिल्ड जित्दा पञ्चमुनि द्वितीय भएको थियो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विजेताहरुलाई पुरस्कार प्रदान गरे ।


























