संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा म्याग्दे गाँउपालिका तनहुँ जिल्लामै उत्कृष्ट

संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा म्याग्दे गाँउपालिका तनहुँ जिल्लामै उत्कृष्ट

तनहुँको स्थानीय तहहरुमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा म्याग्दे गाँउपालिका उत्कृष्ट वनेको छ । आर्थिक वर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) तर्फ ८५.७५ अंक प्राप्त गरि म्याग्दे गाँउपालिका उत्कृष्ट वन्न सफल भएको हो ।

जिल्ला समन्वय समिती तनहुँले एक कार्यक्रम गरि पालिकालाई सुशासन र पारदर्शिताको आधारमा
उत्कृष्ट पालिकाको रुपमा घोषित गरि गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गरेको छ ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाँउपालिका उत्कृष्ट पालिका हुनुमा म्याग्देली वासिन्दाको योगदान भएको वताए । जनताको विश्वासलाई जोगाउदै अगामी दिनमा अझ राम्रो पालिका वनाउन लागिपर्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page