बन्दीपुरमा मंसिर १० गतेदेखि २१ गतेसम्म छैटौं बन्दीपुर महाेत्सव हुने

बन्दीपुरमा मंसिर १० गतेदेखि २१ गतेसम्म छैटौं बन्दीपुर महाेत्सव हुने

तनहुँकाे पर्यटकीय नगरी बन्दीपुरमा मंसिर १० गते देखि २१ गते सम्म छैटौं बन्दीपुर महाेत्सव हुने भएको छ । महाेत्सवकाे बारेमा जानकारी दिन बन्दीपुर महोत्सव आयोजक समितिले शनिबार बन्दिपुरमा पत्रकार सम्मेलन आयोजना गरि उक्त कुराकाे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको समेत अध्यक्ष थापाले बताए ।

बन्दीपुर महोत्सव अवलोकन गर्न आउने आन्तरिक पर्यटकका लागि पर्याप्तमा होटल तथा होम स्टेहरुको व्यवस्था रहेको हुँदा कुनै समस्या नहुने अध्यक्ष थापाको भनाई रहेको थियो । समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि बन्दिपुर गाउँपालिकाले संरक्षकको भूमिका निर्वाह गर्दै आईरहेको र महोत्सव सफल बनाउन समेत गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष थापाले गराएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका सभापति घनश्याम उपाध्यायले महोत्सवमा स्थानीय कला संस्कृतिको उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बिक्री वितरणमा जोड दिने बताए। त्यस्तै बन्दीपुर र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने समेत उपाध्यायको भनाई रहेको थियो । पत्रकार सम्मेलनमा बन्दीपुर गाउँपालिकाका वडा अध्यक्ष परमेश्वर भट्राई ,प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर के.सी., पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी र तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले बोलेका थिए । महाेत्सव भब्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page