दुईवटा माेटरसाइकल ठक्कर खाँदा भानुका अधिकारी र खत्री गम्भीर घाइते , चितवनमा उपचार हुँदै

दुईवटा माेटरसाइकल ठक्कर खाँदा भानुका अधिकारी र खत्री गम्भीर घाइते , चितवनमा उपचार हुँदै

तनहुँकाे व्यास नगरपालिका वडा नं १२ आर्की डाडा स्थित घासिँकुवा-नाम्रुङ भित्री सडक खण्डमा दुईवटा माेटरसाइकल ठक्कर खाँदा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मैबलबाट घासिँकुवा तर्फ जाँदै गरेको ग १९ प १२७८ नं. को (१ जना सवार) मो.सा. र बिपरित दिशा बाट आउदै गरेको ग ११ प ८८३१ नं. को (१ जना सवार) मो.सा. अनियन्त्रित भई एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरू घाइते भएका हुन् ।

घाइते हुनेमा ग ११ प ८८३१ नं. को मो.सा. चालक भानु न.पा. ५ मैबल बस्ने बर्ष १८ को प्रेन्स अधिकारी मुख र टाउकोमा चोट अवस्था सिरियस, ऐ. ११:०० बजेको समयमा थप उपचारको लागी CMC चितवन रिफर र ग १९ प १२७८ नं. को मो.सा. चालक ऐ.ऐ. बस्ने बर्ष २८ को सन्दिप खत्री शरिरको टाउको, घाटी र शरिरको भित्री भागमा चोट अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page