भिमादमा बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

बाल अधिकार संरक्षण तथा सम्बर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण गर्ने उद्देश्यले भिमाद नगरपालिकाको समन्वय तथा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा भिमाद नगरपालिकामा “बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण कार्यशाला गोष्ठी” सम्पन्न भएको छ ।
मंसिर ०६ र ०७ गते भएको उक्त गोष्ठीकाे भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रममा उपप्रमुख शारदा खनाल , प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन , वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, विषयगत समितिका संयोजक/सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू, वडा सचिवहरू, विद्यालयका प्रधानाध्यापकहरू, बाल क्लब प्रतिनिधि र बालबालिकाको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहजीकरण प्रदेशसमन्वय अधिकृत (गण्डकी प्रदेश) बद्री प्रसाद वाग्लेले गरेका थिए ।

बालबालिका सम्बन्धी ऐन, २०७५ ले स्थानीय तहलाई तोकेको दायित्वअनुसार बाल अधिकार संरक्षण, बाल कल्याण, बाल क्लब परिचालन, वैकल्पिक हेरचाह, बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बाल विवाह–बाल श्रममुक्त नगर निर्माणका लागि आवश्यक एकीकृत कार्यविधि निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस गोष्ठीले कार्यविधि तर्जुमा गर्नमा महत्वपूर्ण मार्गदर्शन र स्पष्टता प्रदान गरेको भिमाद नगरपालिकाले जनाएको छ ।


























