माघ ३ गतेदेखि गुणादीमा फ्रेन्डसीप कप फुटबल प्रतियोगिता हुने

माघ ३ गतेदेखि गुणादीमा फ्रेन्डसीप कप फुटबल प्रतियोगिता हुने

फ्रेन्डसीप कप खुल्ला नकआउट फुटबल प्रतियोगिता यही माघ ३ गतेदेखि तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा सञ्चालन हुने भएको छ।

फ्रेन्डसीप युवा क्लब म्याग्दे–१, गुणादी को आयोजनामा हुने प्रतियोगिता गुणादी खेलमैदान मा आयोजना गरिनेछ। प्रतियोगिता खुल्ला नकआउट प्रणालीमा सञ्चालन हुनेछ, जसमा विभिन्न स्थानका फुटबल टोलीहरूले सहभागिता जनाउने छन्।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. १ लाख २५ हजार १ सय २५, द्वितीय पुरस्कार नगद रु. ६५ हजार १ सय ६५ रहेको छ। साथै विजेता तथा उपविजेता टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फ्रेन्डसीप युवा क्लबका निवर्तमान अध्यक्ष एवम् खेल संयाेजक दुर्गाराज थापा मगरले जानकारी दिए। क्लवका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता ,।उत्कृष्ट गाेलरक्षक लाई नगद , मेडल , ट्रफी र प्रमाणपत्र साथै क्वाटरफाइनल देखि म्यान अफदि म्याचको व्यवस्था गरिएको छ । माघ २ गतेसम्म टिम दर्ता गर्न सकिने प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार ५ सय राखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page