तनहुँमा मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

तनहुँमा मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु


तनहुँ, आबुँखैरेनी — तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटस्थित पृथ्वीराजमार्गमा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
घटना मिति २०८२ साल १० गते राति करिब ८:१५ बजे डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०२६८ नम्बरको सेतो मिनी ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुरानो CMC अस्पताल, चितवन पठाइएको थियो। टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका ती व्यक्ति उपचारकै क्रममा राति ९:४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुने व्यक्ति गोरखा नगरपालिका–१४ जुम्लाङ बस्ने अन्दाजी ६० वर्षका दल बहादुर थापा मगर रहेको खुलेको छ।


घटनापछि फरार रहेका मिनी ट्रक चालक मकवानपुरको सरीखेत पलासे गाउँपालिका–१ बस्ने २९ वर्षीय बाबुलाल लो लाई मुग्लिन पुलस्थित चेकिङ टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page