भानु–१३ मा सहिद दिवस मनाइयो

भानु–१३ मा सहिद दिवस मनाइयो


भानु नगरपालिका–१३ मा सहिद कृष्णबहादुर गुरूङको स्मृतिमा सहिद दिवस मनाइएको छ। सहिद गुरूङको जन्मस्थल टुटेपानीमा सहिद परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा सहिद परिवारका संरक्षक अमर गुरूङको विशेष उपस्थिती रहेको थियो।
सहिद परिवारका प्रताप गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस तनहुँका क्षेत्रीय सभापति श्याम मौरती, जिल्ला सदस्य गलबहादुर गुरूङ, भानु नगरपालिका कार्यपालिका सदस्य सकिना खातुन लगायतले सहिदको योगदानबारे आफ्ना धारणा राख्नुभएको थियो।
वडा अध्यक्ष कृष्णबहादुर अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहभागीहरूले सहिदहरूको बलिदानले देशको लोकतान्त्रिक यात्रामा खेलेको भूमिकाको स्मरण गराएकाे कार्यपालिका सदस्य तथा युवा नेतृ खातुनले बताउनुभयो ।

कार्यक्रममा सहिद कृष्णबहादुर गुरूङको बलिदानलाई सम्झिँदै शान्ति, एकता तथा सामाजिक योगदानको महत्वमा जोड दिइएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page