युवाहरूको आशाको केन्द्र प्रकाश थापा बने तरूण दलको संयाेजक
तनहुँ— नेपाल तरुण दल, क्षेत्र नं. २, तनहुँको संयोजकमा चयन भएका प्रकाश थापा पछिल्लो समय युवाहरूको आशाको केन्द्रका रूपमा उभिनुभएको छ। संगठनप्रति समर्पण, सरल व्यवहार र युवासँगको आत्मीय सम्बन्धका कारण उहाँ युवामाझ अत्यन्त लोकप्रिय रहँदै आउनुभएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा उहाँलाई प्राप्त यो जिम्मेवारीले नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। विशेषगरी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई विजयी गराउन युवाहरूलाई संगठित र परिचालन गर्न उहाँको भूमिका निर्णायक हुने देखिएको छ।

स्थानीय स्तरमा सक्रिय र परिणाममुखी नेताका रूपमा परिचित थापाप्रति युवाहरूले ठूलो भरोसा व्यक्त गर्दै आएका छन्, जसले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ। काङ्ग्रेस युवा नेता माेहन कुमार श्रेष्ठले थापा तरूण दलको संयाेजक बनेकामा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।


























