क्याप्टेन शिद्धबहादुर मल्लद्वारा ठकुरी समाज भवन प्राङ्गणमा शिव मुर्ति स्थापना

क्याप्टेन शिद्धबहादुर मल्लद्वारा ठकुरी समाज भवन प्राङ्गणमा शिव मुर्ति स्थापना

तनहुँकाे व्यास नगरपालिका वडा नं २ निवासी समाजसेवी तथा व्यास नगरका मानार्थ सदस्य क्याप्टेन शिद्धबहादुर मल्लले ठकुरी समाज व्यास नगर ईकाइको प्राङ्गणमा भगवान शिवको मुर्ति स्थापना गरेका छन् । स्वर्गीय धर्मपत्नी धनकुमारी मल्लको स्मृतिमा स्थापना गरिएको उक्त मुर्ति करिब ५ लाख ५० हजार रुपैयाँकाे हाे। निर्माण कार्य अन्तर्गत भवन सुधार, स्टिल रेलिङ, स्टोन भर्याङ लगायतका संरचना निर्माण गरिएको छ भने बाजागाजा सहित धार्मिक वातावरणमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ठकुरी समाज नेपाल तनहुँ व्यास नगरका संस्थापक अध्यक्ष टुकबहादुर हमाल
ले विधिवत उद्घाटन गर्नुभएको थियो। त्यस्तै, छोरा दिपु मल्ल ठकुरीले मुर्तिको अनावरण गर्नुभएको थियो।
कार्यक्रम ठकुरी समाज व्यास नगरका अध्यक्ष यमबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव सूर्यबहादुर हमालले सञ्चालन गर्नुभएको थियो।


क्याप्टेन शिद्धबहादुर मल्लका परिवारमा छोरा उत्तम मल्ल ठकुरी, दिपु मल्ल ठकुरी, कान्छी बुहारी शोभा मल्ल ठकुरी, नाति दिव्येश मल्ल ठकुरी तथा नातिनी रोजिना मल्ल ठकुरीले उक्त सहयोग गरेका हुन् ।
यस समाजसेवी कार्यले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समाजमा एकता, सद्भाव र संस्कार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको व्यास नगरका पूर्व अध्यक्ष तथा भाइ मदराज मल्लले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page