उज्यालो नेपाल पार्टी का उम्मेदवार मन्जिलको घरदैलो अभियान तीव्र
उज्यालो नेपाल पार्टी प्रतिनिधि सभा तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले मंगलबार व्यास नगरपालिका–७ कलेस्ती लगायतका स्थानमा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन्।
रानाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार लगायतका विषयमा आफ्ना प्रतिबद्धता व्यक्त गरेको उक्त पार्टीले जनाएको छ। भेटघाटका क्रममा मतदाताका सुझाव तथा गुनासा सुन्दै आगामी दिनमा जनमुखी कार्यक्रम ल्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

तनहुँ–१ का विभिन्न क्षेत्रमा चुनावी माहोल तीव्र बन्दै गएका बेला उम्मेदवारहरू घरदैलो कार्यक्रममार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन्। युवा माझ राना लोकप्रिय मानिन्छन्, र उनको सक्रियता तथा प्रत्यक्ष संवाद शैलीले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।


























