बन्दिपुर मा जेसीजको बहु-अध्याय नेतृत्व प्रशिक्षण सम्पन्न

बन्दिपुर मा जेसीजको बहु-अध्याय नेतृत्व प्रशिक्षण सम्पन्न


तनहुँ — नेपाल जेसीज वर्ष २०२६ को कार्ययोजना अन्तर्गत क्षेत्र “ख” का मुग्लिन वारीका १४ शाखा तथा लेखनाथ जुनियर जेसीजको सहभागिता र आयोजनामा ७५ जना सदस्यहरूको उपस्थितिमा “प्रभावकारी नेतृत्वका लागि व्यक्तिगत ब्रान्डिङ” विषयक बहु-अध्याय प्रशिक्षण फागुन १५ र १६ गते बन्दिपुरमा सम्पन्न भएको छ।
कार्यक्रम भानु बन्दिपुर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी राजेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा उपस्थित रहनुभएको थियो। त्यसैगरी भानु नगरपालिका की उप-प्रमुख उमा गोतामे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने क्षेत्र “ख” निरुपित राष्ट्रिय उपाध्यक्ष आरोग्य श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
तालिमका प्रमुख प्रशिक्षक जेसी किरण केसी तथा सहायक प्रशिक्षक जेसी गणेश गिरीले नेतृत्व विकास र व्यक्तिगत ब्रान्ड निर्माणसम्बन्धी विविध पक्षमा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा व्यक्तिगत पहिचान (Identity) स्पष्ट बनाउने, समूहबाट नेतृत्व छनोट गर्ने प्रक्रिया, नेतृत्वसँग जोडिएको व्यक्तिगत ब्रान्डको महत्व, आत्मविश्वास अभिवृद्धि गर्ने उपाय, JCI भित्र तथा बाहिर सकारात्मक छवि निर्माण गर्ने तरिका तथा दीर्घकालीन नेतृत्व प्रभाव (Leadership Impact) सिर्जना गर्ने विषयमा अन्तरक्रियात्मक अभ्यास गराइएको थियो।
प्रशिक्षकहरूले सिकाइलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै नेतृत्व केवल पद नभई जिम्मेवारी र प्रभावको विषय भएको उल्लेख गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन भानु बन्दिपुर जेसीज वर्ष २०२६ की महासचिव जेसी राजिब राउतले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै सम्पूर्ण चरणहरू सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आयोजकले जनाएको छ।

उक्त प्रशिक्षणले सहभागी सदस्यहरूमा नेतृत्व क्षमताको विकासका साथै व्यक्तिगत ब्रान्ड निर्माणतर्फ स्पष्ट दृष्टिकोण प्रदान गरेको विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page